पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा सुन्दरनगरीद्वारा संयुुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नं ६ स्थित केदारेश्वर मन्दिर गेट परिसरमा आयोजित रक्तदानमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ सहित पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५(के) का पदाधिकारीको उपस्थिति थियो । पिएमसिसि लायन्स दीपक श्रेष्ठले एनटिभिएका निवर्तमान अध्यक्ष बोबरजंग गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।
एनटिभिए गण्डकीका अध्यक्ष बाबुराम पाण्डेले संस्थागत रुपमा वर्षेनी रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै रक्तदातालाई आभार एवम् कृतज्ञता व्यक्त गरे ।
एनटिभिएका अध्यक्ष पाण्डेको अध्यक्षता एवम् महासचिव विकासप्रसाद कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजक श्याम लामिछानेले धन्यवाद व्यक्त गरे ।
उक्त अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिएका संस्थापक अध्यक्ष एवम् सल्लाहकार मदन शर्मा खनाल, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५(के) का ब्लड डोनेशन चिफ लायन श्यामकृष्ण श्रेष्ठ र डिष्ट्रिक रिपोटिङ चिफ लायन महेश पौडेल लगायतले रक्तदानको महत्व बारे प्रकाश पारे ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने