संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे गरिने भएको छ। पार्टी प्रचार विभागका सचिव गगन विष्टले नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने जानकारी दिएका छन्।
त्यसअघि भोलि १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीरलाई राखिनेछ। त्यसपछि उनको शवलाई बालुवाटारस्थित निवासमा राखिने पार्टी प्रचार विभागका सचिव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार उनको पार्थिव शरीरलाई राति पार्टी कार्यालयमा नै राखिनेछ । त्यहाँ पार्टीका नेता कार्यकर्ता र सुरक्षाकर्मी रहनेछन् । मंगलबार विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि समय तोकिएको छ । त्यसपछि नेम्वाङको पार्थिव शरीरलाई उनको बालुवाटारस्थित निवासमा लगिनेछ ।
अष्ट्रेलिया भ्रमणमा रहेका उनका कान्छा छोरा सुहाङ आज (मंगलबार राति) काठमाडौं आइपुग्दैछन् । जेठा छोरा भने परिवारसहित बेलायतमा छन् । उनी भोलि बुधबार मात्र आइपुग्ने भएकाले पर्सि मात्र नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ ।
सरकारले मंगलबार मात्र नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारले अन्त्यष्टि गरिने दिन सार्वजनिक विदा दिने यसअघि नै निर्णय गरिसकेको छ। ‘श्रद्धाञ्जली अर्पणका लागि स्व. नेम्वाङको पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ। त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उहाँको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने भएको छ। त्यहाँ स्व. नेम्वाङप्रति उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टी उपाध्यक्ष नेम्वाङको निधनपछि केन्द्रीय मूख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले तीन दिन झण्डा झुकाउनेसहित शोक प्रस्ताव पारित गरेको छ । हृदयघातबाट अकस्मात नेम्वाङको निधन भएपछि स्तब्ध बनेका अरु दलले पनि शोक बक्तव्य जारी गरेका छन् ।



नेता नेम्पाङको मंगलबार विहान हृदयघातका कारण असमायिक निधन भएको थियो। नेम्वाङले पार्टी, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर पुष्पगुच्छा अर्पण गरेका थिए।
त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरूसहित ठूलो संख्यामा पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
बिहीबार देशभर सार्वजनिक बिदा
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिने जनाएको हो।
त्यस्तै बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने पनि मन्त्रालयले जनाएको छ।

नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको छ ।
पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
त्यसैगरी, एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन् । प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको हिजो राति हृदयाघातका कारण निधन भएको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो