अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानव बेचबिखन गर्ने गिरोहका नाइके पक्राउ

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानव बेचबिखन गर्ने गिरोहका नाइके पक्राउ

arrested-1

काठमाडौं। अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।

रूकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई प्रहरीले बुधबार रूपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।

गौतमले नेपाली नागरिकहरुलाई युएई, थाइल्याण्ड, फिलीपिन्स, हङकङ लगायतका देशहरूमा पुर्‍याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा माग गर्ने तथा एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिनुका साथै विदेशमा रहेका एजेन्टहरूलाई वेचविखन गर्ने जस्ता कार्य गरी अलपत्र पार्ने गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।

गौतम यसअघि पनि मानब वेचविखन तथा ओसारपसार र संगठित अपराधका प्रमुख योजनाकार रहेको खुल्न आएको र पीडितहरूबाट २ करोड भन्दा बढी पैसा लिइसकेको खुल्न आएको छ ।

पक्राउ परेका उनीमाथि जिल्ला अदालतबाट ७ दिन म्याद थपको अनुमति लिएर मानव वेचविखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ