लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ विजयी भएका छन । उनले प्रतिद्वन्द्वी भरतकुमार अधिकारीलाई ९४ मतले पराजित गरे । विजयी श्रेष्ठले खसेकाे १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरे भने अधिकारीले ७ सय ८७ मत प्राप्त गरेका हुन् । लामाे समयसम्म अधिकारीले अग्रता कायम गरेका थिए । अन्तिममा बिनाेदले फराकिलाे अन्तरले जीत हाँसिल गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले उनका प्रतिष्पर्धी ऋषिराम जमरकट्टेललाई पराजित गरे । ओझाले ९ सय ७० मत प्राप्त गर्दा जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरे ।
प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) विजयी भए । उनले १ सय २२ मतले गोपिचन्द्र बाँस्तोलालाई पछि पारेका हुन् । बाँस्तोलाले ७ सय ७४ मत प्राप्त गरेका थिए ।
संघको द्वितीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन् । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन् ।
महासचिव पदमा संघको इतिहासमै पहिलो पटक महिला पुगेकी छन् । जानुका अधिकारी पराजुलीले १ सय ७७ मतको फराकिलो मतको अन्तरले प्रतिद्वन्द्वी जीवन तिवारीलाई पारिन् । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए ।
यस्तै, उपमहासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की (काईंला) लाई १ सय ६० मतको फराकिलाे अन्तरले पछि पारेका छन् । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याए ।
कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडि) ले ८ सय ३७ मत ल्याउँदै उनका पुष्पमणि भण्डारीलाई २० मतको अन्तरले पराजित गरेका छन् । भण्डारीले ८ सय १७ मत प्राप्त गरे।
संघको २ महिला सदस्य र ८ खुल्ला सदस्य पदकाे मतगणना याे समाचार तयार पार्दासम्म जारी छ । महिला सदस्यमा प्रतिक्षा रानाभाट र प्रभा कुमारी पौडेलले अग्रता कायम गरेका छन् । ८ सदस्यकाे लागि १६ जनाको उम्मेद्वारी परेकाेमा अर्जुन भण्डारी, गंगा कुमारी मल्ल, भविन्द्र पुन, ई.बिजय न्यौपाने लगायतको अग्रता कायमै छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने