काठमाडौँ। मुटु रोग उपचारका क्षेत्रमा अब्बल प्रा.डा. भगवान कोइरालाले उमेर हदका कारण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट अवकाश पाए लगत्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका छन् ।
डा.कोइराला न्याम्समा भिजिटिङ प्रोफेसरको रुपमा एकेडेमिक (शैक्षिक) कार्यक्रममा सहभागी हुँदै छन् । उनले अब वीर अस्पतालमा मुटु उपचार सेवामा योगदान गर्ने भएका छन्।
उनी गतसाता देखि न्याम्समा आबद्ध भै वीर अस्पतालका एक बिरामीको जटिल शल्यक्रिया समेत गरिसकेका छन् । उनले आफू वीर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि काम गर्ने बताए ।
मुटुका बिरामीका लागि नाम जस्तै काम गरेर भगवान बनेका डा.कोइराला गंगालाल अस्पतालका कार्यकारी निर्देशक हुँदै पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए । २८ बर्ष मुटुसँग सम्बन्धित स्वास्थ्य सेवा प्रदान गर्दै आएका डा. कोइराला यसैसाथ उमेर हदका कारण सेन्टरबाट गत साउन ९ गते अवकाश पाएका हुन् ।
हाल सम्म गंगालाल, त्रि.वि.शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासीसबाट मुटु उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान गरेका डा.कोइरालाले अबका दिनमा वीर अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्ने जानकारी गराए । वीर अस्पतालमा मुटुको उपचारका साथै शैक्षिक कार्यक्रममा पनि सहभागी हुने उनको कार्यक्रम रहेको जानकारी गराए ।
उनले वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने योजना अघि सरेको र अन्तिम निर्णय हुन बाँकी रहेको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले जानकारी गराए । डा.कोइरालाको वीरको आगमनले वीरको मुटु विभागका साथै पुरै अस्पताल र शैक्षिक कार्यक्रममा समेत सुधार हुने अपेक्षा लिइएको डा.पौडेलले बताए।
डा.कोइराला नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् । उनी पछिल्लो समय गैर नाफामूलक रुपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) परियोजना सञ्चालन गर्ने योजनामा सक्रिय रुपमा लागेका छन् ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो