काठमाण्डाै। जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
अदालतले अभियुक्त केशव दुलाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको छ ।
धरौटी रकम कसलाई कति ?
१) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख
२) शिवजी भट्ट–३ लाख ३० हजार
३) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
४) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
५) कलाधर देउजा –१५ लाख
६) घमन कुमार कार्की– ७ लाख ५० हजार
७) गोपाल कार्की –७ लाख ५० हजार
८) विनोद पौडेल– १५ लाख
९) योगराज पौडेल– ७ लाख ५० हजार
१०) नारायणराज मिश्र –७ लाख ५० हजार
११) अरुण कुमार श्रेष्ठ –७ लाख ५०
१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
१३) बाबुराजा महर्जन– १ लख १० हजार
१४) देवनारायण महर्जन – १ लाख १०
१५) सकलानन्द महर्जन– १ लाख १० हजार
१६) सञ्जय कुमार महर्जन– १ लाख १० हजार
१७) लोकरि घिमिरे –७ लाख ५० हजार
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध