पोखरा । आदर्श बचत तथा ऋण सहकारी संस्था लि, पोखरा १३ आर्वाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
शनिबार आर्वामा आयोजना गरिएको सहकारी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहकारीका अध्यक्ष एवं प्रशिक्षण कार्यक्रमका अध्यक्ष राजेन्द्र प्रसाद बरालले कार्यक्रमको औचित्य, सहकारीको लक्ष्य उध्येश्य तथा सहकारीको स्थापना देखि भावि योजना सम्मका बिषयमा प्रशिक्षण एवं जानकारी दिएका थिए। उनले आदर्श सहकारीको स्थापना देखि हालसम्मको सचित्र विवरणहरु प्रस्तुत गर्दै २०६२ सालमा २६ जना शेयर सदस्य बाट शुरु भएको सहकारीमा हाल आयर ५ सय ९८ शेयर सदस्यहरु रहेको जानकारी दिए।बरालले सहकारीले करोडौं रुपैयाँको कारोबार गर्न सफल भयको छ भन्दै ईमान्दार शेयर सदस्यहरुका कारण नै यो सबै सफलता मिलेको बताए।
सहकारीको नियम कानुन , शेयर सदस्यहरुको सहकार्य सहमति तथा एकताले सहकारी यहाँ सम्म ल्याई पुर्याइएको भन्दै बरालले सहकारीको भावि योजना कार्यक्रम समेत सुनाएका थिए। उनले सहकारीका सात सिद्धान्तलाई शिरोधार्य गर्दै निति नियम तथा सहकारीको परिधि सिद्धान्त भित्र रहेर सञ्चालन गर्दा हाम्रो सहकारीले कुनै प्रकारको पनी आर्थिक जोखिम ब्यहोर्न नपरेको जानकारी दिए। उनले सहकारीका शेयर सदस्यहरुले गर्नु पर्ने काम कर्तव्य तथा अधिकार का बिषयमा पनी जानकारी गराएका थिए। एउटा सहकारी सफलता पुर्वक सञ्चालन गर्न सबै शेयर सदस्यहरुको सामूहिक योगदान हुनु पर्छ भन्दै अध्यक्ष बरालले सहकारीको नेतृत्व , उपसमितिहरु कर्मचारी तथा सबै शेयर सदस्यहरुले बचत, तथा ऋणलाई नियम अनुसार बुझेर नियम अनुसार कारोवार गरेको खण्डमा सहकारी सफल हुने दावी समेत गरे।
प्रशिक्षण कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बरालले संस्था स्थापनाकालको अवस्था र हाल सहकारीले गरेको प्रगतिको सन्दर्भमा आफ्ना अनुभवहरु सुनाएका थिए।
सहकारीका ऋण परिचालन समितिका संयोजक यज्ञ प्रसाद बरालले सहकारी द्वारा गरिएको ऋण परिचालन, लगानी ,आर्थिक विनियमका विविध पक्षहरु बारे जानकारी दिदै सहकारीका प्रत्येक शेयर सदस्यहरुले सहकारी सम्बन्धी बिभिन्न जानकारीहरु लिनु पर्ने बताए। उनले ऋण लगानी र बचत संकलनमा सबै शेयर सदस्यहरुले नियम कानुन अनुसार कारोबारलाई ध्यान दियर नियमितता मात्र दिन सक्ने हो भने शेयर सदस्य सुरक्षित र सहकारी सफलता पुर्वक सञ्चालन हुन्छ, भने।
उनले अहिले बजारमा केही सहकारीहरुले नियम संगत कारोवार नगरेकै कारण सहकारीहरू बन्द भएको र शेयर सदस्यहरुको रकम डुबेको जानकारी दिदै हाम्रो सहकारीमा तेसो हुन नदिन हामी सतर्क रही कारोवार गरेको उल्लेख गरे। हाम्रो सहकारीमा तेस्तो समस्या छैन भन्दै उनले सबै शेयर सदस्यहरुले जिम्मेवारी पूर्वक काम गर्न आग्रह गरे।
सहकारीका लेखा समिति संयोजक कृष्ण राज बरालले सहकारीका सात सिद्धान्त, तिनको परिभाषा तथा आन्तरिक लेखा प्रणाली का बारेमा जानकारी गराएका थिए।
सहकारीका प्रचार प्रसार समिति संयोजक, पत्रकार श्रीराम सिग्देलले प्रशिक्षण कार्यक्रमको समग्र समिक्षा गर्दै प्रत्येक शेयर सदस्यहरु सहकारीका सञ्चालक कर्ता हुन्, सबै शेयर सदस्यले आफ्नो हक अधिकार तथा कर्तव्य बुझेर सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई टेकेर सहमति र सहकार्यको अवधारणा अनुरुप सामुहिक रुपमा लाग्नु पर्नेमा जोड दिए।
कार्यक्रममा सहकारीकी ब्यवस्थापक रोजिना भट्टराईले सहकारी को आन्तरिक ब्यवस्थापन तथा सहकारीको समग्र आर्थिक कारोबारको जानकारी गराएकी थिइन्। प्रशिक्षण कार्यक्रममा शेयर सदस्यहरु सुमित्रा बराल, श्रीराम बराल लगायतले सहकारीले गर्नु पर्ने कामका बारेमा सुझाव सहित आ आफ्ना धारणा राखेका थिए। कार्यक्रममा सहभागी शेयर सदस्यहरुले सहकारी सम्बन्धी बिभिन्न बिषयमा राय सुझाव समेत दिएका थिए।
सहकारीका शिक्षा समिति संयोजक तथा प्रशिक्षण कार्यक्रममा संयोजक घनश्याम बरालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सुर्य प्रसाद बरालले गरेका थिए।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर