नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, जिल्ला कमिटी कास्कीले तीज विशेष खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम गर्ने भएको छ ।
कमिटिले यहि भाद्र २९ गते पोखरा-६ लेकसाइड स्थित तालबाराही मा.वि. प्रांगणमा नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
‘अनेरास्ववियुको आव्हान क्रियाशिल महिलाहरुको सम्मान, समाज परिवर्तनमा साँस्कृतिक रुपान्तरण हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा प्रथम पुरस्कार १०,००० हजार र द्धितिय पुरस्कार ५,००० हजार व्यवस्था गरिएको अनेरास्ववियु कास्की प्रचारप्रसार विभाग प्रमुख विशाल बाबु क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा कास्की जिल्ला भित्रका विभिन्न बिद्यालय तथा क्याम्पसका बिद्यार्थीहरुको सहभागिता साथै स्थानीय अतिथी कलाकारहरूको बेजोड प्रस्तुति पनि रहने बताइएको छ । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन कार्यक्रमको तयारी तिव्र पारिएको क्षेत्रीले बताए ।
प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतियोगी समुहले भाद्र २८ गते सम्म आफ्नो समूहको दर्ता गरिसक्नुपर्ने आयोजक कमिटीले ले जानकारी गराएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने