पोखरा । ‘भाइरल रोड’ भनेर चिनिने पोखरा महानगरपालिका २५ स्थित हेम्जा सडकखण्डमा दुर्घटनामा कमी आएको छैन । फराकिलो सडकमा तीब्र गतिमा सवारी चलाउँदा पैदलयात्रुले लगातार ज्यान गुमाइरहेका छन् ।
शनिबार पुनः एक जनाको ज्यान गएको छ । जेब्राक्रस नजिकैबाट बाटो काट्दै गरेकी वृद्धालाई माइक्रो हाइसले ठक्कर दिँदा वृद्धाको ज्यान गएको हो ।
काठमाण्डौबाट पोखरा हुँदै बाग्लुङ गइरहेको बा ३ ख ९७२६ नम्बरको हाइसले हेम्जाको सापकोटाचोकमाअन्दाजी ७५ वर्षीया नौली बिकलाई ठक्कर दिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका भदौरेतामागी घर भएकी नौली छोरीको घर आउने क्रममा बेलुकी ५ः५० बजेको समयमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी बरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार हाइस तीब्र गतिमा थियो ।
दुर्घटनापछि तत्काल अस्पताल ल्याइएकोमा ६ः२० बजे चिकित्सकले मृत घोषणा गरे । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित समाचारः
फराकिलो हेम्जाको सडकमा गाडीकाे ओभर स्पीड, जेब्रा क्रसमै लिन्छन् ज्यान
सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
आन्तरिक पर्यटनको प्रवर्द्धन गर्दै घार्मीका आमाहरु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो