मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड मागेको अडियो काण्डपछि स्वतन्त्र पार्टीको कारबाहीमा परी सांसद पदबाट मुक्त भएका डा. ढाकाकुमार श्रेष्ठ शुक्रबार राति फेसबुक लाइभमा आएर आफूमाथि बारम्बार प्रहार भइरहेको गुनासो गरेका छन् ।
राति ११ बजे फेसबुक लाइभमा उनले क्याप्सन लेखेका छन्ः ‘मलाई धारिलो हतियार प्रहार गरी घाइते भएको भन्ने समाचार झुटो हो । म एउटा सोझो मान्छेलाई बारम्बार प्रहार गरेर कमजोर बनाउने प्रयत्न हुँदैछ । कहिले पार्टीले त कहिले कुनै गिरोह र ब्यक्तिहरुले म सामान्य ब्यक्तिमाथि हात धोएर लागेका छन् । यो एक दिन तपाईंहरु सबैलाई अवगत हुनेछ । तपाईंहरूको माया र आशिर्वाद रहेसम्म मलाई कसैले छुन सक्नेछैन । मेरो बिषयमा चिन्ता चासो दिएर प्रत्यक्ष फोन म्यासेज गर्ने मेरा आफन्त, साथी र शुभेच्छुकहरुमा कृतज्ञता ब्यक्त गर्दछु ।’
डा. श्रेष्ठले पार्टीले सोझो मान्छेलाई कारबाही गरेको फेरि बताएका छन् । उनले एक दिन वास्तविकता सार्वजनिक गर्ने पनि बताएका छन् ।
रास्वपाले समानुपातिक सांसद श्रेष्ठलाई कारबाही गर्दै उनको ठाउँमा एसिडपीडित बिन्दबासिनी कंसाकारलाई सांसद पदमा नियुक्त गरिसकेको छु ।
उनले सांसद पदसँगै पार्टीको साधारणसदस्य समेत नरहने गरी कारबाही परेसँगै वास्तविकता खोल्छु भनेर बारम्बार भन्दै आइरहेका छन् ।
भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने