बाँकेको जंगलमा राति बस दुर्घटना: ७ जनाको मृत्यु, १३ सख्त घाइते

दुर्घटना

बाँकेको जंगलमा राति बस दुर्घटना: ७ जनाको मृत्यु, १३ सख्त घाइते

bake bus acc (2)

बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा १३ जना सख्त घाइते भएका छन् । ४ जनाकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।

बर्दियाको ठाकुरद्वारा बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू दुर्घटनामा परेका हुन् । उनीहरू बस रिजर्भ गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका-८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर दुर्घटनामा परेकाे कोहलपुरका डीएसपी सुन्दर तिवारीले गण्डकन्यूजलाई जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक अन्दाजी ४५ वर्षीय जोगेन्द्र चन्द शाही, अन्दाजी ६५ वर्षीय चानुराम थारु, काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन । अन्य घाइतेकाे उपचार भइरहेकाे डीएसपी तिवारीले जनाए ।

बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा तीब्र गतिमा हुँइकिरहेकाे ना ७ ख २३२१ नम्बरको बस ठाेक्किन पुग्दा बस र बसमा सवार हुनेहरूमा क्षति पुगेकाे हाे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds