पोखरा । नेकपा (एमाले) धादिङ पोखरा सम्पर्क मञ्चले भोलि नयाँ नेतृत्व चुन्दैछ । मञ्चको १२ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन शनिबार हुन लागेको मञ्चले जानकारी दिएको छ ।
मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीले चाडपर्वको पूर्वसन्ध्यामा नेकपा एमालेमा आस्थावान कार्यकर्ता तथा आमजनतासँग भेटघाट कार्यक्रमसमेत राखिएको जानकारी दिए । सहमतिमै १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने उनले जनाए । यसका लागि संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, नवराज दुवाडी, पूर्व अध्यक्ष बीरबहादुर थापा रहेको ३ सदस्यीय निर्वाचन मण्डल पनि गठन गरिएको छ ।
कार्यक्रमका संयोजक रामकुमार घिमिरेका अनुसार भोलिको साधारणसभा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरूङको प्रमुख आतिथ्यतामा हुनेछ । कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व सांसद खेम लोहनी, एमाले धादिङका अध्यक्ष एवं सांसद भूमि त्रिपाठी, उपाध्यक्ष एवं संविधानसभा सदस्य धनबहादुर घले, बाग्मती प्रदेश सदस्य एवं प्रदेशका पूर्व राज्यमन्त्ती डा. रामकुमार अधिकारी, युवा संघका पूर्व महासचिव रमेश आचार्य लगायतलाई अतिथिय निमन्त्रणा गरिएको सचिव सरोज सिंह कुँवरले जानकारी दिए । भोलिको कार्यक्रममा उपस्थितिका लागि सबै धादिङबासीलाई उनले आमन्त्रण गरे ।
१२ वर्षअघि गठन भएको मञ्चमा दुई कार्यकाल कृष्णबहादुर लम्साल अध्यक्ष भए भने त्यसपछि क्रमशः बेनी पाठक, वीरबहादुर थापा अध्यक्ष भइसकेका छन् ।


सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने