विद्यालय नाटक महोत्सवको तयारी तीव्र, तालिका सार्वजनिक

नाटक हेर्छ पोखरा

विद्यालय नाटक महोत्सवको तयारी तीव्र, तालिका सार्वजनिक

भाद्र २७ गतेदेखि सुरु, १५ नाटक मञ्चन हुने

drama 1

पोखरा थिएटरको आयोजनामा हुने विद्यालय नाटक महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवमा मञ्चन हुने नाटकलाई प्रभावकारी बनाउन रिहर्सल भइरहेको छ भने स्टेज र सेट डिजाइनको लागि समेत तिव्रताका साथ काम भइहरको आयोजकको भनाई छ । यही भाद्र २७ गतेदेखि सुरु हुने नाटक महोत्सवमा कुल १५ नाटक मञ्चन हुनेछन् ।

महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक हेर्न पाइने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जनाए । महोत्सवको लागि छनोट भएका नाटकको विवरण सहित मञ्चन मिति आयोजकले सार्वजनिक गरेको छ ।

पहिलो दिन भाद्र २७ गते हिल पोइन्ट मा.वि. माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन हुनेछ । रमेश तिमल्सिनाले निर्देशन गर्ने यो नाटकका लेखक भीमनिधि तिवारी हुन् ।

भाद्र २८ गते नवदिप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भुत’ नाटक हेर्न पाइनेछ । सरुभक्तले लेखेको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार हुँदैछ ।

भाद्र २९ गते प्रगति मा.वि.बाटुलेचौरको ‘भोला’ नाटकको पालो परेको छ । टंक चौालगाईले लेखेको नाटक मिना भण्डारीको निर्देशनमा मञ्चन हुनेछ ।

भाद्र ३० गते ‘कोहि किन बर्बाद होस्’ नाटक सोसल पब्लिक स्कुल बुद्धचोकले मञ्चन गर्नेछ । विजय मल्लले लेखेको नाटक धनकाजी श्रेष्ठको निर्देशनमा तयार हुनेछ ।

भाद्र ३१ गते भानुभक्त आवासिय मा.वि. सिम्पानीको ‘अँध्यारामा बाँच्नेहरु’ नाटकको पालो परेको छ । मानबहादुर मुखियाले लेखेको नाटक मनोज अधिकारीले निर्देशन गर्नेछन् ।

असोज ३ गते अतिथि नाटकको पालो परेको छ । काठमाण्डौ प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘खेल्ने बेला खेल्छौं, पढ्ने बेला पढ्छौ’ टंक चौलागाईको लेखन निर्देशनमा हेर्न पाइनेछ ।

असोज ४ गते गुरुकुल विद्यासदन नयाँबजारको किर्तिपुरको ‘युद्धमा’ नाटक मञ्चन हुनेछ । हृदयचन्द्र सिंह प्रधानले लेखेको नाटक मिलन श्रेष्ठले निर्देशन गर्दैछन् ।

असोज ५ गते ‘मुना मदन’ नाटक माउण्ट अन्नपूर्ण मा.वि. नदिपुरले मञ्चन गर्नेछ । लक्ष्मी प्रसाद देवकोटाले लेखेको खण्डकाव्य सोनिका कार्की खत्रीको नाट्य रुपमान्तरण र निर्देशनमा हेर्न पाइनेछ ।

असोज ६ गते बाल मन्दिर मा.वि. नदिपुरको ‘पाठशाला’ नाटकको पालो परेको छ । टंक चौलागाई लेखक रहेको नाटक सुसन पौडेलले निर्देशन गर्दैछन् ।

असोज ७ गते ‘आँधीको मनोरम नृत्य’ नाटक भाष्कर मेमोरियल स्कुल फूलबारीले देखाउनेछ । घिमिरे युवराजले लेखेको नाटक रोशनी रामदामले निर्देशन गर्नेछिन् ।

असोज ८ गते ‘हिउँजस्तो गोरी’ नाटक सनफ्लावर बोर्डिङ स्कुल अर्चलबोटले मञ्चन गर्नेछ । यो नाटक नाट्य रुपान्तरण दिप्सना विश्वकर्माले गरेकी छन् भने निर्देशन दिलिप देवकोटाले गर्दैछन् ।

असोज ९ गते केफ मा.वि. सिम्पानीको ‘कर्मको फल’ नाटकको पालो परेको छ । भानुभक्त अविरलले लेखेको नाटक रोहित पौडेलले निर्देशन गर्दैछन् ।

असोज १० गते ‘यति’ नाटक हेर्न पाइनेछ । छोरेपाटन मा.वि. छोरेपाटनले सरुभक्तले लेखेको नाटक अनुषा परियारको निर्देशनमा मञ्चन गर्नेछ ।

असोज ११ गते एस.ओ.एस. हर्मन माइनर स्कुल पोखराको ‘बिर्सन नसकिने मान्छे’ नाटक हेर्न पाइन्छ । अमृत परियारले निर्देशन गर्ने यो नाटकको लेखक वासु शशी हुन् ।

अन्तिम दिन असोज १२ गते कास्की मोडनाइज्ड एकेडेमीको चाउथेको नाटक ‘मसान’ हेर्न पाइनेछ । अञ्जु दाहालको निर्देशनमा तयार हुने नाटकका लेखक गोपाल प्रसाद रिमाल हुन् । सबै नाटक दिउँसो साढे १ बजे गन्धर्व नाटकघर ग्रैहापाटन पोखरामा मञ्चन हुने आयोजकले जनाएका छन् ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले सहकार्य गरेका छन् । मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजनले सघाउनेछ ।

थिएटरमा भैरहेका गतिविधिका कारण पछिल्लो समयमा थिएटर प्रति विद्यार्थीको आर्कषण समेत बढ्न थालेको थिएटरका संस्थापक सञ्चालक मध्येका एक दीलप्रसाद गुरुङले जनाए । यसपालीको महोत्सवलाई भव्य बनाउन तयारीलाई समेत तिव्रता दिइएको गुरुङले खुलाए ।

पाँचौं संस्करणको विद्यालय नाटक महोत्सव नारा ‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds