स्याङ्जामा माछा मार्दा करेन्ट लागेर एक युवाको मृत्यु

लापरबाही

स्याङ्जामा माछा मार्दा करेन्ट लागेर एक युवाको मृत्यु

चार जना पक्राउ

fish current-photo

प्रतिनिधिमूलक तस्वीर

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गए रातकाे समयमा बिहान २ बजे वालिङ नगरपालिका–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउपर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ–६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन् ।

प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा नियन्त्रणमा लिएको जनाएको छ । शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ