सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।
त्यसविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च आए । त्यही मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएको मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको हो ।
विश्वासको मत बदर गर्दै इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गर्यो । पटक-पटक विश्वासको मत पाउने अवसर दिन नसकिने भन्दै पूर्ण इजलासले अर्को प्रक्रियामा जानुपर्ने आदेश गरेको हो ।
थापा २१ असारमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गरेको पाइएपछि सर्वोच्चले ११ साउनमा उनको नियुक्ति नै बदर गर्यो र, पुन: नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न भनेको थियो ।
सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर ४७ जनाको हस्ताक्षर जुटायो र १६ साउनमा थापा फेरि मुख्यमन्त्री नियुक्त भए । तर विश्वासको मत दिने क्रममा उपसभामुख सृजना दनुवारले सहयोग गरिनन् । उनी प्रदेशसभा बैठकको अध्यक्षता छल्न उपचारका लागि भन्दै काठमाडौं हिंडिन् भने एमाले र राप्रपाका ज्येष्ठ प्रदेशसभा सांसदहरु पनि अनुपस्थित थिए । कांग्रेसका अन्सारीले बैठकको अध्यक्षता गरे ।
थापा २१ असारमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गरेको पाइएपछि सर्वोच्चले ११ साउनमा उनको नियुक्ति नै बदर गर्यो र, पुन: नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न भनेको थियो ।
सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर ४७ जनाको हस्ताक्षर जुटायो र १६ साउनमा थापा फेरि मुख्यमन्त्री नियुक्त भए । तर विश्वासको मत दिने क्रममा उपसभामुख सृजना दनुवारले सहयोग गरिनन् । उनी प्रदेशसभा बैठकको अध्यक्षता छल्न उपचारका लागि भन्दै काठमाडौं हिंडिन् भने एमाले र राप्रपाका ज्येष्ठ प्रदेशसभा सांसदहरु पनि अनुपस्थित थिए । कांग्रेसका अन्सारीले बैठकको अध्यक्षता गरे ।
साथै संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलका नेतालाई ४८ घन्टाभित्र मुख्यमन्न्त्री नियुक्त गर्न पनि परमादेश दिएको छ ।
आदेशको संक्षिप्त विवरण तयार पारेपछि इजलासमा पुगेर न्यायाधीश सपना मल्लले बुँदागत रुपमा संक्षित विवरण सुनाइन् । त्यसक्रममा उनले लामो समय प्रदेश सरकार तदर्थमा चल्ने अवस्था भएको भन्दै त्यो हुन नदिन ४८ घन्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको बताइन् ।
पूर्णपाठ:
Koshi Sarbochha-Ades
यी हुन् कोशीमा परमादेशले स्थापित गरेका चार तथ्य
यो परमादेशले चार वटा तथ्य स्थापित गरेको संविधान र कानुनका जानकारहरु बताउँछन् ।
पहिलो : स्वभाविक र संवैधानिक आदेश
दोस्रो : अदालतको फैसला लत्याएपछिको अवस्थामा भुलसुधार
तेस्रो : एउटै व्यक्तिले पटक पटक विश्वासको मतका लागि अवसर पाउन सक्दैन ।
चौथो : जोसुकैले प्रदेशसभा अध्यक्षता गरे पनि सामान्य अवस्थामा मत दिन पाउँदैन ।
संविधानविद टिकाराम भट्टराई कोशी प्रदेशका सन्दर्भमा बिहीबार भएको फैसलालाई स्वभाविक र संवैधानिक आदेश भन्छन् । यसलाई राजनीतिक रुपमा कुनै दल विशेषलाइ लाभ वा हानि भएको रुपमा हेरिए पनि दीर्घकालीन रुपमा सबै दलहरुका लागि बाटो प्रष्ट गरिदिएको छ ।
संविधानविद भट्टराई भन्छन्, ‘यस भन्दा अगाडि नै अध्यक्षता गर्ने व्यक्तिले मत दिन पाउँदैन भन्ने ब्याख्या र आदेशको अवज्ञा गरेर संविधान मिच्ने काम भएको थियो । यसको कोर्स करेक्सन भएको छ ।’
कोशी प्रदेशकै सन्दर्भमा सभामुखले दिएको मत बदर हुने फैसला अदालतबाट भएको भए पनि अध्यक्षता गर्ने व्यक्तिको मत के हुन्छ भन्ने प्रश्न जीवितै थियो । यो प्रश्नलाई पनि बिहीबार अदालतले सम्बोधन गरेको छ ।
सभामुख, अध्यक्ष वा जुनसुकै हैसियतमा अध्यक्षता गरेको भए पनि मत दिन पाउँदैन भन्ने फैसला भएको छ । प्यानलको सदस्यले अध्यक्षता गर्दा पनि मत दिन पाउँदैन भन्ने ब्याख्या भएको छ ।
एकै व्यक्तिलाई पटक पटक अवसर दिनु हुँदैन भन्ने नया व्याख्या पनि यसपटक भएको छ । ‘एकै व्यक्तिले पटक पटक विश्वासको मत एकै धारा अन्तर्गत लिन पाउँदैन भन्ने ब्याख्या अन्य प्रदेश र संघको हकमा पनि लागू हुन्छ’ भट्टराई भन्छन्, ‘अब जुनसुकै तहको सरकारको प्रमुखले पटक पटक एउटै धारामा आफूलाई विश्वासको मत लिनका लागि जान पाउँदैन् ।’
यो फैसलामा आएको विधि शास्त्रको नयाँ आयाम भएको संविधानविद भट्टराई बताउँछन् । उनी थप्छन्, ‘यसले नेपालको संविधानको विकासमा नयाँ आयाम थपेको छ ।’
सम्बन्धित खबर
३२ सिटे दलले एमाले-कांग्रेसभन्दा ठूलो भएको दम्भ गर्दा अहिलेको सरकार बन्योः महासचिव पोखरेल
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
आजको मैसम पूर्वानुमान
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर