काठमाडौं । सरकारले कृषिलाई प्रोत्साहन गर्न सस्तो ब्याजदरमै ऋण दिने व्यवस्था गरे पनि कृषि ऋण लिनेहरुको संख्या भने ह्वात्तै घटेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ७औं राष्ट्रिय कृषि गणनाको नतिजामा यस्तो देखिएको हो ।
व्यावसायिक कृषिमा किसानहरूलाई अभिप्रेरित गर्ने सरकारको घोषित नीतिसँग मेल नखानेगरि कृषि पेसामा आम किसानको लगानी घटेको देखिएको हो । जुन एक दशकको अवधिमा कृषि ऋण लिनेहरुको संख्या ५० प्रतिशत हाराहारीले कम देखिनुले कृषिमा सरकारले दिएको सहुलियत बालुवामा पानी सरह भएको छर्लङ्ग हुन्छ ।
राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक अनुसार कूल कृषक परिवार जम्मा १२ प्रतिशतले मात्रै कृषि कार्यको लागि ऋण लिने गरेको देखिएको छ । हाल कृषकको सङ्ख्या ४१ लाख ३० हजार ७८९ रहेको छ । जसमा ४ लाख ८३ हजारले ऋण लिएका छन् ।
दश वर्षअघि २०६८ सालमा यसरी ऋण लिने किसानको सङ्ख्या ८ लाख ३६ हजार रहेको थियो । जुन कुल कृषक परिवारको २२ प्रतिशत हो ।
ऋण लिएका किसानहरू मध्ये पनि अधिकांशले निकै चर्को ब्याजमा ऋण लगानी गर्ने सहकारीहरूबाट ऋण लिएको देखिन्छ । कूल ऋण लिने किसानमध्ये ३९ प्रतिशतले सहकारीबाट ऋण लिँदा ३५ प्रतिशतले भने आफन्तबाट ऋण लिएका थिए ।
यसरी हेर्दा सरकारले किसानहरूको लागि उपलब्ध गराउने सहुलियतपूर्ण ऋण किसानहरूको हातमा नपुगेको यो तथ्याङ्कले देखाएको छ । जम्मा १२ प्रतिशत किसानहरूले ऋण लिएको भए पनि कृषि पेशाको लागि ऋण आवश्यक छ भन्ने किसानहरूको सङ्ख्या भने ३४ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित खबर
कुलमानको पुनर्बहाली माग्दै काठमाण्डौमा प्रदर्शन
सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस
भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि कुटपिट
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मासु अड्किएर एक जनाको मृत्यु
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर