काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र गृहमन्त्रीसँग ‘अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो ?’ भनी प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले यस्तो प्रश्न गरेका हुन् ।
“कांग्रेस सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादव भाग्यले बाँच्नुभएको छ,” उनको भनाई थियो, “सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।”
उनले प्रधानमन्त्री र गृहमन्त्री पनि बोलेको सुन्दा कोही पनि सुरक्षित छैन भन्ने सन्देश दिएको बताए । “प्रधानमन्त्री गृहमन्त्री बोलेको सुन्छु । काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित छैन भने गृहमन्त्री र प्रधानमन्त्रीलाई छोएको छ कि छैन ?,” उनको प्रश्न थियो, “महेन्द्र यादवले कसैलाई मन नपर्ने कुरा बोले । कसैलाई मन नपराउने बोले भन्दैमा खुकुरी हानिहाल्ने ? यो संसद्भित्र सबैले मनन् गर्ने बेला आएको छ समाजमा असन्तुष्टि छ । हिंसालाई कुनै मानेबाट प्रश्रय दियौँ भने ठूलो मूल्य चुकाउनुपर्छ । यो घटनालाई सामान्यरुपमा लिनुहुँदैन । बैध वा जायज ठहराए नेपाली समाजले ठूलो मूल्य चुकाउनुपर्नेछ ।”
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो