इन्फरमेटिक्सको टेक इभेन्ट ‘फुटुरामा’ सम्पन्न

इन्फरमेटिक्सको टेक इभेन्ट ‘फुटुरामा’ सम्पन्न

झण्डै ७ हजार विद्यार्थी सहभागी

informatics-scaled

पोखरा–१२ माटेपानी स्थित इन्फरमेटिक्स कलेज पोखराको आयोजनामा बुधबार टेक इभेन्ट कार्यक्रम ‘फुटुरामा’ सम्पन्न भएको छ ।

कलेज परिसरमा २ दिनसम्म चलेको कार्यक्रममा कास्कीसहित विभिन्न जिल्लाका कक्षा ८ देखि १२ सम्मका झण्डै ७ हजार विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ ।

काठमाडौंको आइएलजी स्किल एकेडेमीको सहकार्यमा भएको कार्यक्रममा सूचना प्रविधि र बिजनेससम्बन्धी प्रदर्शन गरिएको कलेजकी प्रशासन विभाग प्रमुख रिया नकर्मीले बताइन् ।

‘फुटुरामा’ मा आईटि तथा बिजनेससम्बन्धी एआई एन्ड रोबिटिक्स्, इमर्जेन्सी नोटिफाइ सिस्टम, वाकिङ पियानो र गो कार्ट जस्ता प्रविधि प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी रमानाथ घिमिरेले कार्यक्रम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ