गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पोखरा वडा नं. १५ मा बुधबार विशेष कार्यक्रम आयोजना भयो । भगवान् श्रीकृष्णको भक्तिभजनसहित शोभायात्रा निकालियो भने राति कृष्णझुला प्रस्तुत गरियो ।
पोखरा महानगरपालिका १५ नं. वडा कार्यालय र सिद्धेश्वर भजन मण्डल तथा संरक्षण समितिले संयुक्त रुपमा महाउत्सव एवं कृष्णझुला कार्यक्रम राखेको हो । बिहान सिद्धेश्वर शिव मन्दिरबाट भजनकीर्तनसहितको ¥याली कृष्ण मन्दिर बन क्याम्पस, हरियोखर्क अस्पताल, कृष्णमन्दिर घलेचोक, रामबजार, वडा कार्यालय हुँदै पुनः सिद्धेश्वर शिव मन्दिर पुगेर समापन गरियो ।
गण्डकी प्रदेश सांसद भीम कार्कीको प्रमुख आतिथ्यता एवं सिद्धेश्वर भजन मण्डल तथा संरक्षण समितिका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रमुख अतिथि कार्कीले सुसंस्कृत समाज निर्माणका लागि धर्म संस्कारको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । उनले अहिले हिन्दू धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै कानुनतः कुनै पनि धर्म विरुद्ध जान नहुने स्मरण गराए । यसका लागि सनातनी धर्मावलम्वीहरुमा जागरणको खाँचो रहेको औंल्याउँदै असत्य, अन्याय विरुद्ध भगवान श्रीकृष्ण झैं लाग्नुपर्ने बताए । संस्कृतिको रक्षार्थ लाग्नुपर्ने बेला आएकाे उनकाे भनाइ छ ।
विशिष्ट अतिथि वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले वडामा हुने गरेका हरेक कार्यहरुमा वडा कार्यालयको सहयोग रहने उल्लेख गरे । उनले पोखरा १५ मा विशेष कार्यक्रम हुँदा खुशी लागेको बताए ।
विशेष अतिथि प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल, समितिका सचिव मोहनबहादुर भण्डारी लगायतले कार्यक्रममा बोलेका थिए ।
बुधबार साँझ कास्की क्षेत्र नं. २ का सांसद विद्या भट्टराईको प्रमुख आतिथ्यतामा कृष्ण झुला प्रस्तुत गरिएको अध्यक्ष बानियाँले जानकारी दिए । दिनभर सिद्धेश्वर शिव मन्दिर प्रांगणमा भजनकीर्तन भएको थियो ।
यसैगरी, पोखरा १५ स्थित श्री कृष्ण मन्दिर सञ्चालक समितिले पनि बुधबार शोभायात्रा निकालेको थियो । पोखरा १५ मा निकालिएका यी २ शोभा यात्रामा हजारौं पोखरेलीले सहभागिता जनाए ।
महिला समूह, टोलविकास संस्था, आमा समूह, विद्यालय, जातिय तथा धार्मिक संघसंस्थाको उल्लेख्य सहभागिता रहेको थियो । भजन समूह, पञ्चेबाजा तथा ब्याण्ड बाजा समूह पनि सहभागी थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर