सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा

प्रवर्द्धनात्मक सामाग्री

सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा

प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त

sujal foods

सुजल फुड्स प्रा.लि. ले आफ्नो नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा ल्याएको छ ।

नेपालको अग्रणी कन्फेक्सनरी तथा खाद्य कम्पनी सुजल फुड्स प्रा. लि. लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो । सुजल फुड्स प्रा. लि. को विभिन्न अन्तराष्ट्रिय स्तरको ब्राण्डहरू जस्तै Chocofun, Rasilo, Fresho लगायतका उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा रूचाइएका छन् ।

सुजल फुड्सले दूध तथा दुग्ध पदार्थको बजारीकरण पनि सुरु गरेको छ । जसमा कम्पनीले उत्साहका साथ हालै Delite – Dairy whitener बजारमा ल्याएको जनाएको छ ।

Delite – Dairy whitener देशको विभिन्न ठाउँहरुबाट संकलित दुधलाई उच्च कोटिको नविनतम प्रविधिबाट गुणस्तर मापन गरी अत्याधुनिक मेसिन प्रयोग गरिएको शत प्रतिशत अन्तराष्ट्रिय स्तरको स्वदेशी उत्पादन रहेको कम्पनीको भनाई छ ।

सुजलले Delite लाई नेपाली बजारमा उपलब्ध Dairy whitener मध्ये सबैभन्दा स्वादिष्ट र पौष्टिक Dairy whitener को रूपमा स्थापित गर्ने तयारी गरेको छ । गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण Delite – Dairy whitener ले चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

अन्य Dairy whitener को तुलनामा, यो बाक्लो हुनुका साथै यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधि’ ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै धुल्ने साथै यसमा प्रयोग गरिएको Metalic प्याकेजिङ्ले Dairy whitener लाइ १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीको दावी छ ।

Delite – Dairy whitener उत्पादक कम्पनी सुजल डेरी अत्याधुनिक मेसिन र प्रविधियुक्त नेपालको निजी क्षेत्रकै नं. १ डेरी कम्पनी रहेकाे कम्पनीकाे दाबी छ । ISO 22000: 2018 मान्यता प्राप्त सुजल डेरीले दैनिक २ लाख लि. दूध प्रशोधन गर्ने क्षमता राख्ने बताएकाे छ ।

सुजल फूड्स प्रा. लि.ले देशको विभिन्न ठाउहरु जस्तै पूर्वमा विराटनगर, इटहरी, विरगञ्ज, जनकपुर, पश्चिममा बुटवल, भैरहवा, तुल्सिपुर, नेपालगन्ज र सुदुरपश्चिममा धनगढी, सुर्खेत, महेन्द्रनगर आदि मुख्य सहरहरुमा Delite उपलब्ध गराइसकेको हुँदा प्रयोगकर्ताबाट विभिन्न सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ ।

त्यही उत्साहका साथ Delite – Dairy whitener पोखरा तथा पोखराको पेरिफेरिमा ‘अब हरेक दिन Deliteful’ अभियानका साथ बजारमा उपलब्ध गराएको छ । Delite सँग चिया कफी पिउँदा आत्मिय पल थप मीठो बनाउने कम्पनीको दाबी छ ।

Delite को उत्पादन दुई प्याक साइजमा उपलब्ध हुनेछन् । ८०० ग्रामको मूल्य रु. ९०० र ४०० ग्रामको मूल्य रु. ४७० कायम गरिएको छ । Delite नजिकको किराना, ग्रोसरी तथा डिपार्टमेन्ट स्टोर्सहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । सम्पूर्ण उपभोक्ताहरुले Delite को स्वाद मनपराउनेमा कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds