पोखरा । नेपाल रेडक्रस सोसाईटी पोखरा– १९, उपशाखाले लामाचौरमा रहेको भवन परिसरमा वृक्षरोपण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा निम, वेल, कपुर, पारिजात, तेजपत्ता लगायतका विभिन्न वहुउपयोगी प्रजातिका विरुवा रोपिएको सभापति नवराज पौडेल जानकारी दिए । वृक्षरोपण कार्यक्रमको शुरुवात गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले मानविय सेवाका क्षेत्रमा नेपाल रेडक्रस सोसाईटीले पुर्याएको योगदान अतुलनिय रहेको बताए । उनले समाज विकास र मानविय सहायतामा हरेक नागरिक जागरुप वन्न सके सिंगो देश नै परिवर्तन हुने बताए ।
प्रमुख आचार्यले उपशाखाले संचालन गरेको विपद व्यवस्थापन कोष तथा स्मारिका प्रकाशन कोषमा सहयोग गर्ने स्पष्ट पारे । उपशाखाका सभापति नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, उपशाखाका पुर्व सभापति गोविन्द काफ्ले, लगायतले रेडक्रसको भुमिकाको विषयमा चर्चा गरेका थिए ।
सचिव होमनाथ आचार्यले संचालन गरेको कार्यक्रममा रेडक्रसका सात सिद्धान्तको वाचन उपसभापति पवित्रा पौडेलले गरेका थिए । उपशाखाले विपद व्यवस्थापन तथा स्मारिका प्रकाशन कोषका लागी हाल आर्थिक संकलन अभियान चलाएको छ । अभियानवाट करिव १५ लाख संकलन गर्ने लक्ष्य भएको सभापति पौडेलले बताए । उपशाखाले सदस्यता वितरणलाई पनि अभियानका रुपमा संचालन गरेको बताइएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने