भारतसँग पराजित भएपछि एशिया कप क्रिकेटमा नेपालको यात्रा समूह चरणबाटै टुङ्गिएको छ। सत्ताइस वर्षको पर्खाइपछि छिमेकी भारतसँग खेल्ने अवसर पाएको नेपाल पराजित भएको छ।
श्रीलंकाको पालेकेले रंगशालामा सोमबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयाे । वर्षाका कारण २३ ओभरमा घटाइको खेलमा भारतलाई १४५ रनको लक्ष्य निर्धारण गरिएको थियो। भारतले २०.१ ओभरमै लक्ष्य पूरा गरेको हो। यो जितसँगै भारत अर्को चरणमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो इनिङ्समा पनि ३८औँ ओभरपछि वर्षाले केही बेर खेल प्रभावित भयो। दोस्रो इनिङ्समा भारतले जवाफी ब्याटिङ सुरू गरे लगत्तै २.१ ओभरपछि वर्षाले खेल लामो समय रोकियो।
डेढ घण्टापछि वर्षा कम भएसँगै अम्पायरहरूले डीएलएस पद्दतीबाट खेल छोट्ट्याउने निर्णय लिए। नेपालले भारतसँगको खेलमा सुधारिएको ब्याटिङ गरेको थियो।
भारतका लागि प्रारम्भिक ब्याटर रोहित शर्मा र शुभमन गिलले अर्धशतक प्रहार गरे। शर्माले ७४ र ६७ रन प्रहार गरे। नेपालका लागि कुनै पनि बलरले बिकेट लिन सकेनन्।
यसअघि ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको हो। मध्यम क्रम नचल्दा लरखराएको नेपाललाई पुछारका ब्याटरले सम्मानजनक स्कोरसम्म पुर्याएका हुन्। नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ९७ बलमा आठ चौकाको मद्दतले ५८ रन प्रहार गरे।
त्यस्तै, नेपालका लागि सोमपाल कामीले ४८ रन बनाए। उनले ५६ बलमा एक चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, कुशल भुर्तेलले ३८, गुल्सन झाले २३, सन्दीप लामिछानेले नौ, भीम सार्कीले सात, रोहित पौडेलले पाँच, कुशल मल्ल र करण केसीले दुई–दुई रन बनाए।
भारतका लागि मोहम्मद सिरज र रवीन्द्र जडेजाले तीन–तीन, मोहम्मद शमी, हार्दिक पाण्ड्या र शार्दूल ठाकुरले एक–एक विकेट लिए।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। नेपाल रहेको समूह ए बाट पाकिस्तान र भारत अर्को चरणमा पुगेका हुन्।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते