पोखरा । नेपाली महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार कतारलाई ९ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित सर्वाधिक ३२ रन बनाइन् ।
यस्तै, इन्दु वर्माले १२ बलमा ३ चौकाको सहयोगमा अविजित २० रनको योगदान दिइन् । सीता राना मगरले २३ बलमा अविजित १७ रन जोडिन् । कतारका लागि सबिजा आदियेरी पाणयनले मात्र एक विकेट लिन सकिन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । उसका लागि साची धडवालले २१, अलीना खानले १५, एन्जेलिन मारेले अविजित १४ र कप्तान आयसाले १० रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि अलराउन्डर इन्दु वर्माले सानदार बलिङ गरिन् । उनले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् ।
यस्तै, कविता जोशी र पूजा महतोले एक/एक विकेट हात पारे । नेपाललाई दुई भने रनआउटको रूपमा प्राप्त भयो ।
जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट र तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको थियो ।
नेपालले अब मंगलबार यूएईसँग खेल्ने तालिका छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई तथा समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार रहेका छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते