पोखरा । नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुडले उद्घाटन गर्नु भएको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी बिश्व बिद्यालयको उपकुलपती गणेशमान गुरुड.को सभापतित्वमा सम्पन्न भएको हो ।
नेपालमा सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालका बरिष्ठ समाजशास्त्री तथा भारत, चिन, बेलायत, जापान, नर्वे र अमेरिका लगायतका मुलुकबाट ५६ कार्यपत्र प्रस्तुत भएका थिए । जसमध्य अधिकांस प्रतक्ष फिजिकल्ली र केही हाइब्रिड अर्थात अनलाइनबाट कार्यपत्र प्रस्तुत भएका थिए । डेड सय समाजशास्त्रीहरु प्रतक्ष भेला भएको सो कार्यक्रम यही भाद्र १५, १६ र १७ गते अर्थात सेप्टेम्बर १ देखी ३ सम्म क्षेत्रिय कृषी अनुसन्धान केन्द्र लुम्लेमा सम्पन्न भएको हो । नेपालका चर्चित समाजशास्त्री तथा बिभिन्न पदिय हैसियतमा रहेका समाजबिद्ध सहित भारतिय समाजशास्त्री एवं प्राध्यापकहरु तथा जापानको प्राध्यापक पनि प्रतक्ष उपस्थित थिए भने नर्वे, युके, अमेरिका र नेपालका बिभिन्न स्थानबाट समेत समाजशास्त्री अध्यताहरुले आआफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाली समाजको अध्यान अनुसन्धान र बिश्लेषणका साथै समाजशास्त्रको अभिबृृद्धी गर्ने हेतुले सञ्चालित सो कार्यशालामा समाज बिज्ञानका स्वदेशी तथा बिदेशी बिद्धानहरुबाट नेपालको २०४६ देखीको राजनैतीक परिर्वतन, आम्दोलन, जनयुद्ध तथा जनआम्दोलन र अन्य सामाजिक आम्दोलनको बिकास प्रक्रियाबारे छलफल, विश्लेषण गर्न मञ्च प्रदान गरिने छ । पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामिण बिकास बिभागसगको सहकार्य र गण्डकी बिश्वबिद्यालयको सक्रियतामा भएको थियो ।
सो कार्यक्रममा राज्य पुनर्र्संरचना र त्यसले पारेका प्रभावहरुबारेमा समेत कार्यशालामा छलफल भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम आयोजक संस्था नेपाल समाजशास्त्र संघका अध्यक्ष प्रा डा गणेशमान गुरुड.ले समाजशास्त्रीहरुले आफ्नो सिप सोच र बिद्यत्वलाई समाजबिकास र समाजशास्त्रको उन्नतीमा लगाउनुपर्ने बताए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने