निरूता सिंहले गरिन् बिहे

मनाेरञ्जन

निरूता सिंहले गरिन् बिहे

चाँडै नेपाल आउने

Niruta Marriage

चर्चित अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन्। निरुताले मुम्बई निवासी संजीभ गुलाटीसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्।

फेसबुकमा तस्वीर राख्दै उनले बिहेका बारेमा प्रश्न आइरहने र त्यसको जवाफ आज दिएको बताएकी छिन्। उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो …’निरूता जी बिहे कहिले गर्ने?’ भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईंहरूको निरूता सिंहले गत बिहीबार 31st August 2023 को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।

यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन्।

दार्जलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन्। उनले ५० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्। दर्पण छाया, आफन्त, बन्धकी, दुई किनारा, सिउँदोको सन्दुर, ठूल्दाइ उनका हिट फिल्म हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ