विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

chyau

बझाङ । बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ भने आमा बिरामी परेकी छन् ।

जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा सुदीपको बिहीबार राति बाटोमै मृत्यु भएको हो ।

बिरामी परेकी आमा पुनी कठायतको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds