पोखरा । ६१ औं नेपाल रेड्क्रस स्थापना दिवसको अबसरमा नेपाल रेड्क्रस सोसाइटी लैङ्िगक तथा सामाजिक समाबेसिकरण समिति कास्कीद्वारा आयोजित पोखरा महानगर स्तरिय अभिमुखिकरण शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए।
प्रमुख पौडेलले सामाजिक सेवा र मानव कल्याणमा खेलेको भुमिका अतुलनीय रहेको भन्दै निरन्तर समाज सेवाका कार्यमा लागि रहन आग्रह गरे।
पौडेलले नेपाल रेडक्रसको ६१ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै मिलेर सुन्दर र समृद्धि कास्की निर्माणका लागि अघि बढ्न आग्रह गरे। कार्यक्रममा रेड्क्रस गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकाल , कास्की सभापति डण्डराज शर्मा, उपसभापति उर्मिला खड्का, रमा त्रिपाठी, कार्यकारी अधिकृत कृष्ण कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए।
पोखरा महानगर पालिका अन्तर्गतका ३१ वटा उप शाखाका रेडक्रसकर्मी महिलाहरूको सहभागीता रहेको सो अभिमुखिकरण कार्यक्रममा रेड्क्रसका नीति सिद्धान्त, गतिविधि एबम रेडक्रसका बिबिध पक्ष बारे अभिमुखिकरण प्रदान गरिएको थियो।
नेपाल रेड्क्रस सोसाइटी लैङ्गीक तथा सामाजिक समावेसीकरण समिति कास्कीका संयोजक रमा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालय प्रमुख मोहन सिंह खड्काले गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने