पोखरामा मनाइयो गाईजात्रा [फोटो फिचर]

गाईजात्रा रौनक

पोखरामा मनाइयो गाईजात्रा [फोटो फिचर]

पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन

Gaijatra

पोखरा उपत्यकासहित देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् । यसपालि विहीबार र शुक्रबार दुई दिन गाईजात्रा परेको छ । पोखरामा विहबिार नै गाईजात्रा मनाइएको छ ।

पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन छ । देशभरका नेवार समुदायमा गाईजात्राको प्रचलन रहे पनि काठमाडौं उपत्यकाको गाईजात्रा विशेष मानिन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ-आफ्नो घरका मरेको व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आत्रा दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ।

यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आएको जनश्रृति रहेको छ। सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको बताइन्छ।

विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवारी समुदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा नेवार समुदाय रहेको गाउँ शहरहरुमा पनि मनाइँदै आएको हो।

हेर्नुहोस् पोखराका तस्वीरहरू:

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ