चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएपछि बालेनले भ्रमण स्थगित गरे

स्वाभिमान

चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएपछि बालेनले भ्रमण स्थगित गरे

संवेदनशीलतामाथि चालेको गलत कदम

balen china

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चीनले नेपालको नयाँ नक्सालाई मान्यता नदिएका कारण आफ्नो ५ दिने चीन भ्रमण स्थगित गरेको बताएका छन् ।

उनले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालकाे नक्साकाे चुच्चे स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गर्नु हाम्रो संवेनशीलतामाथि चालेको गलत कदमको रुपमा बुझेको उल्लेख गरेका छन् । साेही कारण नैतिकताको आधारमा भ्रमणमा नजाने निर्णय गरेको उनकाे भनाई छ ।

उनले लेखेका छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ ।

त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ