पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई बिकासमा नमुना बनाउने गरी काम गर्न कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
पौडेलले जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिमको समापनको अबसरमा सो कुरा बताएका हुन् । पौडेलले बिकासका काम युग सुहाउदो, समय सापेक्ष र वडामा बिकास प्रभाबकारी हुन नसकेको गुनासो सुन्नु नपरोस भन्ने हेतुले कार्यक्रम आयोजना गरीएको उल्लेख गरे ।उनले जनप्रतिनिधिहरूको सबलीकरणमा तालिम कोषेढुंगा साबित भएको दाबी गरे । प्रमुख पौडेलले बिकासमा गुणस्तरिय सेवा प्रबाहमा स्थानीय तहका प्रतिनिधिहरूको यो कार्यकाल एतिहासिक र स्वर्णिम हुनुपर्ने र त्यहि अनुसार तालिमबाट प्राप्त ज्ञान सिपलाइ अब्बलरूपमा ब्यबहारमा उतार्न आग्रह गरे । जिल्ला समन्वय अधिकारी नवराज बरालले क्षमता निरन्तर बढाउन जरूरी रहेको भन्दै सम्बृद कास्कीको लागि प्रभाबकारी जनप्रतिनिधिहरू निर्माणमा तालिम फलदायी भएको दाबि गरे ।
जिल्ला समन्वय समिति कास्कीले मंगलबार कास्कीका चारवटा गाउँपालिका र बुधबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी भएको क्षमता बिकास तालिम आयोजना गरेको थियो ।
कार्यक्रममा बिकासका योजना छनोट, प्रक्रिया र विधि स्थानीय सरकार संचालनमा वडा सदस्यको भुमिका, बिद्यमान ऐन कानुन लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको सो कार्यालयका सूचना अधिकारी झबिश्वर रेग्मीले उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत झबिश्वर रेग्मी लगायतले सहजीकरण गरेका थिए । जि.स.स. कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप–प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर