नेपाल एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएकाे नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो ।
कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो ।
पाकिस्तानले अन्तिम ८ ओभरमा १ सय १८ रन प्रहार गरेको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा खर्चेको सबैभन्दा बढि रन हो । नेपालले सुरुमै आफ्नो तीन विकट गुमाएको थियो ।
नेपालबाट आरिफ शेखले २६, सोमपाल कामीले २८ र गुल्शन झाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । कुशल भुर्तेलले पहिलो ओभरको सुरुका दुई बलमै शाहिन शाह अफ्रिदीलाई लगातार चौका प्रहार गरेका थिए । तर अफ्रिदीले पहिलो ओभरको अन्तिम दुई बलमा कुशल र कप्तानलाई आउट गरे ।
कुशलले लेग साइडमा गएको बललाई विकेटकिपरलाई क्याच दिन पुगे । रोहितले अफ्रिदीको बल ठम्याउन नसक्दा एलबीडब्लु आउट भए । आरिफ र सोमपालले चौथो विकेटमा ५९ रनको साझेदारी गरे । आरिफले ५ र सोमपालले ४ चौका प्रहार गरे । गुल्शनले १ छक्का प्रहार गरेका थिए ।
दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, तथा सन्दीप लामिछाने र ललित राजवंशी शुन्यमा आउट भए । करण केसी ७ रनमा अविजित रहे । लेग स्पिनर सदाब खानले ४ विकेट लिए । उनले ६.४ ओभरमा २७ रन खर्चे । अफ्रिदी र हरिस राउफले २–२ तथा नसिम शाह र मोहम्मद नवाजले १–१ विकेट लिए ।
यसअघि नेपालले उत्कृष्ट सुरुआत गरे पनि त्यसको फाइदा उठाउन सकेन । नेपालले फितलो फिल्डिङ र अनुशाषित बलिङ गर्न नसकेपछि पाकिस्तानले विशेष गरी ब्याटरद्धय बाबर र अहमदले त्यसको भरमुर फाइदा उठाए । नेपालले फिल्डिङका क्रममा आधा दर्जन चौका छाड्न पुगेको थियो । बाबरले १ सय ५१ र अहमदले अविजित १ सय ९ रन बनाए ।
एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको हाे । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । नेपालले आफ्नो दोस्रो खेल भदौ १८ गते श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ ।
नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् । आईसीसी एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो र नेपाल १५औं स्थानमा छन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते