इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको निर्णय फिर्ता लिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटासहितको अधिकारीहरूले विद्यार्थी संगठनसँग गरेको सहमतिपछि शुल्क वृद्धिको निर्णय फिर्ता भएको हो ।
आज त्रिविका तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच ५ बुँदे सहमति भएको छ । उक्त सहमतिसँगै संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिएको छ । विद्यार्थी संगठनहरूले समेत आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन् ।
सहमति अनुसार विद्यार्थीका प्रतिनिधिसहित समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनको आधारमा अघि बढ्ने भन्नेछ । त्यस्तै उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गर्ने सहमति समेत भएको छ ।
संस्थान अन्तर्गतका अन्य परीक्षाहरु यथावत् संचालनमा कुनै किसिमको बाधा अवरोध नगर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता गर्ने सहमति भएको हो ।
उक्त सहमति अनुसार संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिने निर्णय गरिएको हो ।

सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो