गुल्मीबाट बुटवल हुँदै काठमाण्डाैतर्फ जाँदै गरेको स्कोर्पियो पहिराेमा पर्दा तीन जनाको च्यापिएर मृत्यु भएकोमा सबैकाे पहिचान खुलेकाे छ । दुर्घटनामा परी घाइते हुने ८ जनाको पनि नाम वतन खुलेको प्रहरीले जानकारी दिएकाे छ ।
पाल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा पाेखरा २५ हेम्जाका विनाेद तिम्सिना पनि रहेका छन् । उनी गुल्मीकाे तम्घास स्थित सिद्ध माविका शिक्षक रहेकाे जानकारले बताएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीका सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा र गुल्मीको रेसुंगा नगरपालिका- ७,भुजेलखर्ककी की ५० वर्षीया मनकला चुदारा छन्।
लु १ ज ४६०० नम्बरको उक्त स्काेर्पियाे पाल्पाको रिब्दिकोट गाउँपालिका- २ जोर्तेमा बिहान सवा ८ बजे उकालोमा गुडिरहेका बेला गाडिमाथि पहिरो (ढुंगा) खसेको हाे । मृत्यु हुनेमा एक जना प्रहरी पनि रहेका छन् ।
जीपमा सवार तीन बच्चासहित ८ जनालाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको थियाे । पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।
घाइतेकाे नामावली
१.जिल्ला गुल्मी रेसुङ्गा न.पा. ८ खानीगाउँ बस्ने बर्ष अन्दाजी ४० की शोभा घर्ति मगर(ढाडमा चोट अबस्था मध्यम)
२.जिल्ला गुल्मी रेसुङ्गा न.पा. ८ खानीगाउँ बस्ने बर्ष ३७ की सुस्मा राना(निधारमा सामान्य चोट)
३.सुस्मा रानाको छोरी बर्ष ६ की सुरबी राना(बाहिरि चोट नभएको अबस्था सामान्य)
४.सुस्मा रानाको छोरी बर्ष ५ महिनाको सुबिया राना(बाहिरी चोट नभएको अबस्था सामान्य)
५.ऐ.८ खानीगाउँ बस्ने बर्ष ४५ को टेक बहादुर जि.एम.(घाँटी र ढाडमा चोट अबस्था मध्यम)
६.ऐ.८ खानीगाउँ बस्ने बर्ष २७ की स्विकृती थापा(ढाड र छातीमा चोट अबस्था मध्यम)
७.स्वीकृती थापाको छोरा बर्ष ५ को सुरेन थापा(टाउको र हातमा सामान्य चोट)
सम्पूर्ण घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको ।
८.जिल्ला गुल्मी रेसुङ्गा न.पा. ८ खानीगाउँ बस्ने बर्ष ३६ को बालकृष्ण श्रेष्ठ (अवस्था सामान्य रहेको)
सम्बन्धित खबर
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना, ११ जना घाइते
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
लुम्बिनीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर