पाल्पामा गुडिरहेको स्कोर्पियो पहिरोमा पर्दा ३ जनाको मृत्यु, ८ घाइते

पाल्पामा गुडिरहेको स्कोर्पियो पहिरोमा पर्दा ३ जनाको मृत्यु, ८ घाइते

accident palpa

गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कोर्पियो पहिराेमा पर्दा तीन जनाको च्यापिएर मृत्यु भएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका- २ जोर्तेमा बिहान सवा ८ बजे उकालोमा गुडिरहेका बेला गाडिमाथि पहिरो (ढुंगा) खसेको हाे । मृत्यु हुनेमा एक जना प्रहरी पनि रहेका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीका सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा र गुल्मीको रेसुंगा नगरपालिका- ७ की ५० वर्षीया मनकला सुदारा छन्। अर्का एकजना मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जीपमा सवार तीन बच्चासहित ८ जनालाई उद्धार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्दारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गएपनि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds