पोखराको गणेशटोलमा ‘यूभिवाई इन्टरप्रेनर्स’को शाखा

पोखराको गणेशटोलमा ‘यूभिवाई इन्टरप्रेनर्स’को शाखा

YUV-enter

पोखरा । युवाको लागि समर्पित संस्था यूभिवाई इन्टरप्रेनर्सको शाखा पोखराको गणेशटोलमा पनि स्थापना गरिएको छ । शाखाको एक समारोहबीच सोमबार उद्घाटन गरियो ।

युवा उद्यमी मिलन श्रेष्ठले पछिल्लो समय देशमा बेरोजगारी बढ्दै गइरहेको र दैनिक बैदेशिक रोजगारीको लागि देश छाड्ने युवाको जमात बढ्दै गएकोले युवा जनशक्तिलाई देशमै रोक्न र देशमै केहि गर्न प्रेरित गर्नको लागि यूभिवाई यूभिवाई इन्टरप्रेनर्सको सुरूवात गरिएको बताए । उनले ईच्छुक ब्यक्तिहरू यसमा आबद्द हुन सक्ने पनि बताए ।

यस्तै, महिला उद्यमी सन्ध्या राईले अरू क्षेत्रहरूमा महिलाहरूलाई खासै प्राथमिकताका साथ अगाडि नबढाउने प्रचलन रहेको तर यस क्षेत्रमा महिलाहरूलाई पनि बिशेष प्राथमिकता दिइरहेको बताइन् ।

कार्यक्रममा राजेश राना, शम्भु पराजुली, अर्जुन नायक क्षेत्री, विशाल नायक क्षेत्री, बिवेक दर्जी लगायतले आफ्ना अनुभवहरु राखेका थिए ।

बिगत केहि समयदेखि यूभिवाई इन्टरप्रेनर्स आफ्नै देशमा केहि अलग गरी आफ्नो भबिष्य उज्ववल बनाउनको लागि युवाहरूलाई प्रेरित गर्दै आइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ