स्याङ्जामा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरूवा गाउँपालिका वडा नं. १ किचनास बस्ने २२ वर्षीय एलिस मानन्धर रहेका छन् । हरिनास गाउपालिका वडा नं ६ घर भएका उनी मामाघर बस्दै आएका थिए ।
मंगलबार साँझ ७ बजेतिर घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका एलिसलाई करिब ६०/७० वटा अरिङ्गालले टोक्दा गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइएकोमा राति १ः३० बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
अरिंगाल पोल्नका लागि एलिससँगै जंगल गएका अन्य पाँच जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । एलिसकाे ज्यान गएकाे खबरले सबै आफन्तजन स्तब्ध भएका छन् । मामाघरमा मायाले हुर्किएका एलिसकाे निधनसँगै मावली परिवार शाेकमा छन् ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
खुमा फाउन्डेसनद्वारा विश्वकप खेल्ने स्याङ्जाका खेलाडी सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते