पार्टी प्यालेसमा भड्किलाे पारामा तीज मनाउन नपाइने

सभ्य समाज

पार्टी प्यालेसमा भड्किलाे पारामा तीज मनाउन नपाइने

कास्की प्रशासनले भन्याेः पूर्व स्वीकृति बिना पैसा उठाउने कार्यक्रम नगर्नू

Teej

प्रतिनिधिमूलक तस्वीर

पोखरा । नेपाली महिलाहरुको महान पर्व हारितालिका तीज नजिकिँदै छ । तिजका नाममा परम्परा र रितिरिवाज बाहिर रहेका तडकभडक, भड्किलाे कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । यदि यस्तो कार्य गरेमा कानून बमोजिम कारवाही गरिने समेत कास्की प्रशासनले बताएको छ ।

आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने र सम्वर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरु सञ्चालन नगर्न कास्की प्रशासनले अनुरोध गर्दै तिजको अवसरमा सार्वजनिक स्थल पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृती बिना आयोजना नगर्न आग्रह गरेको छ ।

यदि त्यस्ता गतिविधि जात्रा, मेला, महोत्सव, पार्टी जस्ता कार्यक्रमहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले मंगलबार जारी गरेकाे सूचनामा उल्लेख गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ