डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु

डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु

denguee

कञ्चनपुर । कञ्चनपुरमा डेङ्गु रोगको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्री रहेका छन् ।

खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष विषमराम रानाले जनाएकारी दिए ।

भारतबाट एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतबाटै डेङ्गुको संक्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ