पोखरामा आज दिउँसो भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ । सभागृहचोकमा दिउँसो साढे २ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँकी युवतीको मृत्यु भएको हो ।
ज्यान जानेमा स्कुटर चालक तनहुँ म्याग्दे ४, छाङ घर भएकी २० वर्षीया वर्षा कुमाल रहेकी छिन् । बागमती प्रदेश ०३–००१ क ०२६३ नम्बरको ट्रकले वर्षा सवार ग २२ प ७९५१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
बाइक र ट्रक पृथ्वीचाेकबाट सभागृहचोकतर्फ एकै दिशामा अघि बढिरहेका थिए । वर्षा सभागृहबाट घुमेर न्यूराेडतर्फ अघि बढ्ने क्रममा थिइन् भने मालबाहक ट्रक सिधै सिर्जनाचाेकतिर अघि बढेकाे थियाे । तीब्र गतिकाे ट्रक ब्रेक नलगाई लापरबाही ढंगले अघि बढेको सिसिटिभी फुटेजमा देखिन्छ ।
ट्रककाे टायरले किचेर गम्भिर घाइते भएकी वर्षालाई तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा १० मिनेटपछि नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
वर्षको टाउको र ढाँडमा गम्भिर चोट लागेको थियो । ट्रक चालक धादिङ थार्के ८ घर भएका ३४ वर्षीय रामकुमार खतिवडा, ट्रक र स्कुटरलाई प्रहरीको नियन्त्रणमा रहेको डिएसपी जोशीले जानकारी दिए ।

सभागृह चोकमै यसअघि कलेज गइरहेकी पोखरा १५, नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको ट्रकले किचेर मृत्यु भएको थियाे । यस्तै, सभागृहचाेकमै बसको ठक्करबाट एक बृद्धाको पनि मृत्यु भएको थियाे। मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भइ लेकसाइड बस्दै आएकी ७५ वर्षीया सुनमाया तिलिजा रहेकी थिइन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने