दार्चुलामा एक महिलाले गरिन् आत्मदाह

दार्चुलामा एक महिलाले गरिन् आत्मदाह

aatmadaha

दार्चुलामा एक महिलाले आत्मदाह गरेकी छन् । शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले आइतबार आत्मदाह गरेकी हुन् ।

सुनाले आइतबार बिहान ११ बजेतिर आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केकी उनलाई छिमिकीले देखेपछि उद्धार गरेर गोकुलेश्वर अस्पताल पु¥याएका थिए।

साउदको घुँडाभन्दा माथिको भाग जलेकाले अवस्था गम्भीर भएको भन्दै गोकुलेश्वर अस्पतालले अन्त रेफर गरेको थियो। आगोबाट जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृतक सुनाको शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ