पोखरा । पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा सौगात थापा नियुक्त भएका छन् ।
अंशुवरा ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका थापा आइतबार बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएको पोखरा ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले जानकारी दिए ।
सौगातलाई पोखरा ट्रेडमलको नियमावलीको परिक्षण ४ को दफा २८ को उपदफा ४ बमोजिम बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको हो । सौगात पछिल्लो समय व्यवसायमा सक्रिय छन् । सौगात पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् ।
पोखरा ट्रेडमललाई अझ व्यवस्थित बनाउँदै लैजाने सोच उनको छ । ट्रेडमलमा व्यवसायीलाई आकर्षण गराउन प्रविधिमैत्री वातावरणलाई आत्मसात् गरिने उनले बताए । ‘अग्रजका सल्लाहलाई अनुसरण गर्दै पोखरा ट्रेडमलको स्तरउन्नतिमा लागि पर्नेछु’, उनले भने,‘ट्रेडमलको प्रचारप्रसारमा समेत ख्याल गरी व्यवसायिक मैत्री वातावरण बनाउने लक्ष्य सहित काम गर्न प्रतिबद्ध छु ।’
मिनराज काफ्लेले ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा युवा व्यक्तित्वलाई नियुक्त गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । सौगात सयौं युवाहरुको प्रेरणा बन्न सक्ने भनाई उनको छ । युवालाई व्यवसायिक क्षेत्रमा आकर्षण गराई नेतृत्व विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास उनले लिएका छन् ।
पोखरा ट्रेड मल २०७२ सालमा सञ्चालनमा आएको नेपालकै ठूलो व्यावसायिक कम्प्लेक्स मध्येमा पर्छ । जहाँ ५ सय ४ सटरहरु छन् ।
ट्रेडमलमा अंशुवरा ग्रुपको ठूलो लगानी छ । यसका अलवा अंशुवरा समूहले वित्तिय संस्था, रियलस्टेट, हस्पटालिटी क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । यस्तै यो समूहले अंशुभरा एग्रोफर्म समेत संचालनमा ल्याउने तयारी गरिरहेकोे छ ।
सम्बन्धित खबर
गण्डकीका ८ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी
पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै टेवान पोखरा बन्दीपुरमा
पोखरा १२ मा कौसी खेतीका लागि तालिम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व: ७९ लाख सामाजिक सेवामा खर्च
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
पत्रकार महासंघ स्याङ्जाले बुझायो प्रजिअलाई ध्यानाकर्षणपत्र
यो पनि पढौँ
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखराबाट अमेरिकन महिला अपहरण गरी फिरौती माग्ने युवती पक्राउ
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक