पोखराको बुलौदीमा वल्डहाउस कफि हाउस सञ्चालनमा

पोखराको बुलौदीमा वल्डहाउस कफि हाउस सञ्चालनमा

old house cafe & resaurant

पोखराको बुलौदीमा माइ वल्डहाउस कफि हाउस एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।

पोखरा ७ बुलौदीमा रहेको ह्वाइट हाउसमा कफि हाउस सञ्चालनमा आएको हो । कफि हाउसमा नेपाल स्वाद र विदेशी स्वादलाई लक्ष्त गरेर सञ्चालनमा ल्याएको सञ्चालक किशोर सुवेदीले बताए ।

कफि हाउसमा नेपालको उच्च पहाडी भेगमा उत्पादन भएका कफि, अर्गानिक चिया, बेकरी आइटमका साथ फ्रेस जुस र खाजाका विभिन्न परिकार उपलब्ध रहेको सुवेदीले बताए ।

करिब ३० लाखको लगानीमा सञ्चालन भएको कफि हाउसमा अहिले ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बिहान ७ बजे देखि साँझ ९ बजे सम्म सेवा उपलब्ध रहेको उनले बताए । कफि हाउसमा ३० जनासम्मको बैठक कक्ष र ५० जना सम्मको गार्डेनमा बैठक गर्न सकिने बताए ।

कफि हाउसमा करिब १ सय २० जनाको क्षमता रहेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ