भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते

भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते

rail-fire

काठमाडौँ । भारतको तमिलनाडुमा एक रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । मदुरै रेलवे स्टेसन नजिक तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

लखनऊबाट ६० जनाभन्दा बढी तीर्थयात्री बोकेर अगस्ट १७ मा उक्त रेल सामी दर्शनका लागि दक्षिण भारतको यात्रामा निस्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीहरुले हिजो नागरकोइलस्थित पद्मानभा स्वामी मन्दिरको दर्शन गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार रेल रोकिएको समयमा केही यात्रीहरुले ग्यास सिलिन्डरको प्रयोग गरी चिया बनाइरहेको अवस्थामा अच्चानक आगो लागेको थियो ।

यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds