पोखरा । लामो समय पछि गायक नबिन के भट्टराई आफ्नो व्याण्ड सहित पोखरामा लाइभ कन्सर्टमा लिएर आउन लागेका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा भदौ ८ गते शुक्रबार साँझ लाइभ कन्सर्ट मार्फत दर्शकमाझँ आउदै छन् ।
युवा पुस्ताका गायक नविन के भट्टराईलाई एक फरक शैलिमा गीत गाउने खाएका रुपमा पनि चिनिन्छन् । गायक भट्टराईले तिमि हौ लाखौंको धड्कन, साँझ पख, रात बित्यो, चाहना छ एउटै मेरो, सम्झिरहन्छु, सयौं लास टेकेर, साँझापखा, दोबाटोमा, तिमिले हेर्दा कसैलाई जस्ता चर्चित गीतबाट दर्शकलाई मनोरञ्जन दिने छन् ।
गायक भट्टराईको पोखरा लामोसमय पछि कन्र्सट हुन लागेको बताउदै प्याराडिसोका म्यानेजर हरि पौडेलले प्रशंसक र शुभचिन्तक राम्रो उपस्थिती रहने बताए । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ ।
नवीन के भट्टराईले सन् १९९० बाट आफ्नो सांगीतिक करियर सुरु गरेका हुन् । उनले “द स्टिल ह्वील“ ब्यान्डबाट गायक र रिदम गिटारवादकको रूपमा गरेका थिए । ५० बर्षिय भट्टराईले अहिले सम्म दर्शन बढि एलबमहरु निकाली सकेका छन् । उनलाई पप स्टारका रुपमा दर्शकले चिन्दै आएका छन् । उनले नेपाली सांगितीक क्षेत्रमा विभिन्न म्युजिक अवार्ड र पुरस्कार समेत जितेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने