पोखरा। कास्की प्रहरीले जुवा खेलिरहेका सात जनालाई नगद सहित पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -८ सृजनाचोक स्थित ‘होटल लक्ष्मी’ बाट जुवा खेलिरहेका सात जनालाई नगद ४ लाख २० हजार २८० सहित पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक वेद जोशीले जानकारी दिए।
उक्त स्थानमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदाम बाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
डिएसपी जोशीका अनुसार ईन्द्र बहादुर हिराचनले संचालन गरेको उक्त होटलको ग्राउण्ड फ्लोरमा होटल संचालक समेत हारजीतको लागि जुवा खेल्दैछन् भन्ने गोप्य सूचनाको आधारमा बैदामको प्रहरी टोलीसमेत गई उनीहरू बसेको कोठा तथा शरिर खानतलासी गर्दा होटल संचालकसहित ७ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्ला मुस्ताङ घोरपझोङ गापा वडा न २ घर भएका बर्ष ५७ का ईन्द्र बहादुर हिराचनको साथबाट १७ हजार ८५०, सोहि ठाउँका बर्ष ५८ का मोहन थकालीको साथबाट ५६ हजार ७५०, बर्ष ४६ का नबिन प्रसाद थकालीको साथबाट ४६ हजार ५०० रुपैंया बरामद गरिएको छ ।
यस्तै, पोखरा ८ सृजनाचोक बस्ने बर्ष ६३ का शंकर ज्वारचनको साथबाट ३७ हजार ८३५, महेन्द्रपुल बस्ने बर्ष ५३ का गुन्ज हिराचनको साथबाट ८४ हजार ३३०, रामबजार बस्ने बर्ष ५२ का राजु गुरुङको साथबाट २ हजार ८०५, रामबजारकै बर्ष ५९ का दल बहादुर हिराचनको साथबाट ८९ हजार ८२० सहित खालबाट १ लाख ११ हजार २ सय गरी जम्मा ४ लाख ४७ हजार ८० रुपैंया नगद र जुवा खेल्न प्रयोग भएको २०८ पत्ति तास बरामद गरिएको डिएसपी जोशीले जानकारी दिए ।
*विस्तृतमा समाचारसहित शीर्षक सच्याइएकाे
सम्बन्धित खबर
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध