लक्की ‘ड्र’ मार्फत आइफोन जितेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने दुई जना पक्राउ

लक्की ‘ड्र’ मार्फत आइफोन जितेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने दुई जना पक्राउ

नगद ४९ लाख ९५ हजार बरामद

Iphonee

काठमाण्डौ। सामाजिक संजाल मार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक संजाल टिकटक, फेसबुक, ह्वाट्स एप मा ‘जामजाम इलेक्ट्रोनिक्स’ को नाउँबाट ‘लक्की ‘ड्र’ मा तपाईले आइफोन जित्नुभयो, कस्टुम क्लिरेन्सको लागि पैसा पठाउनुस् भन्दै लोभ लालचमा पारी पैसा जम्मा गर्न लगाउने पर्सा जिल्ला बहुदामाई नगरपालिका वडा नं. ८ निवासी ३० वर्षीय राज कुमार पण्डित र रौतहट जिल्ला कटहरीया नगरपालिका वडा नं. १ निवासी २१ वर्षीय उमेश कुमार यादवलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।

ब्यूरोका अनुसार पीडितहरूको गुनासोका आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरुको यस कार्यमा संग्लनता रहेको खुलेपछि सोमबार ब्यूरोबाट खटिएको टोलीले कुपण्डोल र गुसिङ्गालबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट नगद ४९ लाख ९५ हजार सहित सात वटा मोवाइल, १८३ थान सिमकार्ड, १२ वटा विभिन्न बैंकका एटिएम र एउटा राउटर बरामद गरेको छ।

उनीहरू विरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगी कसुरमा काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान शुरू गरेको ब्यूरोले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds