अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि गृह मन्त्रालयमा तानिएको छ ।
मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको जनाएको छ । उनलाई मन्त्रालयको जगेडामा राखिएको छ ।
अधिकारीका बारेमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा कुरा उठाएका थिए भने दावा छिरिङ र डिजी अधिकारीको कनेक्सनका विषयमा सिधाकुराले समाचार प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अधिकारीलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर गृह मन्त्रालयले भने उनलाई फिर्ता बोलाएको छ ।
गृहमन्त्री र अर्थमन्त्रीको पनि संलग्नताको कुरा भन्दै अनेकाैँ प्रश्ननहरू उठिरहेको समयमा मन्त्रालयले अधिकारीलाई मन्त्रालयमा तानेर घाम तापेरै तलब खान मिल्ने गरी अतिरिक्त समूहमा राख्ने निर्णय गरेको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठकै जोडबलमा उनलाई विभागमा महानिर्देशक बनाइएको थियो ।
महानिर्देशक अधिकारी पछिल्लाे समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वास पात्र हुन् ।
झलकराम २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए । त्योभन्दा अघि राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा उनी कार्यरत थिए। ठूला करदाता कार्यालयको जिम्मेवारी समेत सम्हालेका अधिकारीसँग धेरै क्षेत्रमा काम गरेको अनुभव छ।
राजश्वमा रहँदा पनि पदको दुरुपयोग गरी करोडौं असुली गरेकाे आरोप उनीमाथि लागेकाे थियाे । २०७९ असार १ गते महानिर्देशकको रूपमा नियुक्त भएका अधिकारीको कार्यकालमा छोटो समयमा फुर्तिलो टिम बनाएर देशभरिबाट करोडौं रुपैयाँ व्यापारीहरुबाट असुलेको त्यहाँका कर्मचारीहरुले नै बताउने गरेकाे जनरक्षा डटकमले खबर छापेकाे थियाे ।
अधिकारीले साढे चार महिना महानिर्देशकको रूपमा राजस्व अनुसन्धान विभागको जिम्मेवारी समाल्न पाएका थिए । उनले २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म साढे चार महिना विभागको महानिर्देशककाे जिम्मेवारी सम्हालेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने