बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजे बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् ।
भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी, ६७ वर्षीया वैजन्ती देवी र महोत्तरीको लोहारपट्टी– ५ का ४१ वर्षीय विजयलाल पण्डित रहेका छन् ।
पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुरका लागि छुटेको चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेको हो ।
दुर्घटनामा १७ जना घाइते भएका छन् ।
घाइतेहरुको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनमा रहेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार छन् ।
सम्बन्धित खबर
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो