हेमजा । पोखरा महानगरपालिका वडा न. २५ को वडा भित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन बुधबार अन्तरक्रिया गरिएको छ ।
शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन वडा तथा महानगरले गर्नुपर्ने क्रियाकलाप बारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले बताए । उनले वडा बाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख भिम प्रसाद आचार्यले शिक्षाका लागि आउने आर्थिक गतिविधि बारे जानकारी दिदै शिक्षामा सन्तोष लिन नहुने बताए । आगामी दिनमा शिक्षा समितिले अनुगमन गर्ने बताउदै शिक्षामा प्रबिधिको प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा सचिव सुबोध खनालले गत बर्ष वडामा भएका उपलब्धिको जानकारी गराएका थिए ।
बिद्यालयमा अनुगमन गर्नुपर्ने उल्लेख गर्दै बिद्यार्थीलाई वडा बाहिर जान नपर्ने बनाउन पर्नेमा सहभागीको भनाइ छ । सहभागीले सामुदायिक र संस्थागत बिद्यालयले एउटै पात्रो मा चल्नुपर्ने उल्लेख गर्दै सामुदायिक बिद्यालयमा धेरै बिदा भएको गुनासो गरेका थिए । बाल शिक्षालाई लगानी गर्नुपर्ने बताउदै सामुदायिक बिद्यालयमा भौतिक अभाव रहेको गुनासो रहेको छ ।
वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुचना अधिकृत ईश्वरीप्रसाद बाँस्तोलाले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने