गायक स्व. जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान

गायक स्व. जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान

jb_tuhure

पोखरा । सरकारले गायक स्वर्गीय जेबी टुहुरे (जुठबहादुर खड्की)लाई जनगायकको उपाधि प्रदान गरेको छ ।

आज बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्वर्गीय टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

साङ्गीतिक क्षेत्रमा जेबी टुहुरेका नामले प्रसिद्ध जुठबहादुर खड्कीले सानैदेखि गीत गाउन थालेका थिए । कम्युनिस्ट विचारधारासँग नजिक हुँदै गएपछि उनले जनवादी गीत गाउन थालेका हुन् ।

टुहुरेको ‘आमा, दिदी, बहिनी हो, कति बस्छौ दासी भई…, आँधी खोलैले, बसाइँ हिँड्नेको ताँतीले, रातको अनिँदो’ लगायत थुप्रै चर्चित गीतहरू छन् । उनको दुई वर्षअघि निधन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ